• ट्रेण्डिङ्ग :
कोशी प्रदेशसभाको अधिवेशन आव्हान

कोशी प्रदेशसभाको अधिवेशन आव्हान


  • 2.6K
    SHARES
    • चैत्र २८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.0K Views

    कोशी प्रदेशसभाको अधिवेशन आव्हान
    विराटनगर, २८ चैत/ कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ ।
     
    कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आव्हान गर्न अनुरोध गरेका थिए ।
     
    सोही अनुरोधको आधारमा प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम विसं २०८१ वैशाख ६ गते दिनको १ बजे कोशी प्रदेशसभा हल विराटनगरमा अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित आजको विज्ञप्तिमा उल्लेख छ ।


    तेस्रो आँखा