तेस्रो आँखा
काठमाडौं, १४ माघ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति निर्माण गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले कार्यसम्पादन समिति निर्माण गरेको हो । यो समितिमा कांग्रेस नेता डा. शेखर कोइराला पनि अटाएका छन् । भर्चुअल बैठकमा सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव राखेका थिए ।
उक्त प्रस्ताव पारित गर्दै बैठकले कार्यसम्पादन समिति ३७ सदस्यीय बनाउने निर्णय गरेको हो । समितिमा सभापति सहित १३ पदाधिकारी, नेताहरु रामचन्द्र पौडेल, डा. शेखर कोइराला सहित पूर्व पदाधिकारी सहित सिनियर केन्द्रीय सदस्यहरु समेटिएका छन् । ४६ सदस्यीय रहने कार्यसम्पदन समितिमा थप ९ जना सदस्य सभापति देउवाले पछि पुनः मनोनयन गर्नेछन् ।
