• ट्रेण्डिङ्ग :
संसदीय छानबिन समिति बनाउन कांग्रेस नेता सिंहको आग्रह

संसदीय छानबिन समिति बनाउन कांग्रेस नेता सिंहको आग्रह


  • 5.3K
    SHARES
    • चैत्र ३०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 8.1K Views

    संसदीय छानबिन समिति बनाउन कांग्रेस नेता सिंहको आग्रह

    काठमाडौँ, ३० चैत/नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसदीय छानबिन समिति बनाउन सरकारलाई आग्रह गर्नुभएको छ । 

    images

    नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका-१० इकाई समितिले आज आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम’मा सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि प्रहार गर्न खोजेको उहाँले बताउनुभयो ।
     
    सहकारी प्रकरणमा सरकारका मन्त्रीहरुमाथि प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यास रहेकाले सरकारले छानबिन समिति बनाउनुपर्नेमा जोड दिनुभयो । “सरकारले छानबिन समिति नबनाएर संसद्को क्षेत्राअधिकारमाथि  प्रहार गरिरहेको छ,” उहाँले भन्नुभयो ।
     
    संसदीय  छानबिन समिति नबनेसम्म कांग्रेस आफ्नो मुद्दाबाट पछि नहट्ने उहाँको भनाइ थियो । नेता सिंहले कांग्रेसका कारण भन्दा सरकारको कारण अहिले संसद् चल्न नसकेको स्पष्ट पार्नुभयो ।

    उहाँले कांग्रेससँग जनताको धेरै आशा र भरोसा भएकाले कांग्रेस सुध्रिएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । युवालाई उत्पादनसँग जोड्न सकेमात्र देशले विकास हासिल गर्ने र विदेशिने युवाको सङ्ख्यामा कमी आउने बताउनुभयो । 
         
    राजनीतिक स्थायित्व नभएको अवस्थामा गरिने लगानी सम्मेलनले लगानीको वातावरण बन्न नसक्नेसमेत पूर्व उपप्रधानमन्त्री सिंहले बताउनुभयो । मुलुकमा भएका राजनीतिक दल जिम्मेवार बनेर देशलाई निकास दिनुपर्ने उहाँको भनाइ छ । 


    तेस्रो आँखा