• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाले गरेको संशोधनलाई राष्ट्रियसभाको सहमति

प्रतिनिधिसभाले गरेको संशोधनलाई राष्ट्रियसभाको सहमति


  • 2.8K
    SHARES
    • चैत्र ३०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.3K Views

    प्रतिनिधिसभाले गरेको संशोधनलाई राष्ट्रियसभाको सहमति

    काठमाडौँ, ३० चैत ।  राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ मा प्रतिनिधिसभाले गरेको संशोधनलाई सहमति प्रदान गरेको छ । 

    images

    कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले प्रस्तुत गर्नुभएको सो विधेयकमाथि सांसदहरु विष्णुकमारी सापकोटा, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, भुवनबहादुर सुनुवारले धारणा राख्नुभयो । 

    सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफमा मन्त्री साहले खाद्य पदार्थमा स्वच्छता कायम गर्नैपर्ने र त्यसका लागि आवश्यक कानुनी प्रबन्ध गरिएको बताउनुभयो । 

    राष्ट्रियसभाको अर्को बैठक आगामी वैशाख ४ गते दिउँसो १ः१५ बजे बस्नेछ ।


    तेस्रो आँखा