• ट्रेण्डिङ्ग :
एसीसी प्रिमियर कप : नेपाल र कतार भिड्दै

एसीसी प्रिमियर कप : नेपाल र कतार भिड्दै


  • 4.3K
    SHARES
    • बैशाख १, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 6.6K Views

    एसीसी प्रिमियर कप : नेपाल र कतार भिड्दै

    काठमाडौं, १ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४ः१५ बजेदेखि सुरु हुने छ ।

    images

    नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी सुरुवात गरेको थियो । त्यस्तै कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले हार बेहोरेको थियो ।

    नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजवंशी र विवेक यादव रहेका छन् ।


    तेस्रो आँखा