• ट्रेण्डिङ्ग :
कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल

कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल


  • 3.2K
    SHARES
    • बैशाख १, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.0K Views

    कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ, १ वैशाख । ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा आज नेपालले कतारविरुद्ध टस जितेर पहिले ब्याटिङमा उत्रिएको छ ।

    images

    नेपालले पावर प्लेमा एक विकेटको क्षतिमा ५६ रन बनाएको छ । ओपनर कुशल भुर्तेल ११ बल खेल्दै दुई चौकाको सहयोगमा १२ रन बनाएर आउट भए । पहिले विकेट १८ रनमा गुमाएको नेपालको पारी अहिले आशिफ शेख र कप्तान रोहित पौडेलले सम्हालिरहेका छन् । पहिलो छ ओभरसम्म आशिफ ३० रन र कप्तान पौडेल १० रनमा बनाएर खेलिरहेका छन् । 

    आज नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अभिनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल मल्ल छन् ।


    तेस्रो आँखा