• ट्रेण्डिङ्ग :
आज जुडशीतल मनाइँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा

आज जुडशीतल मनाइँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा


  • 2.4K
    SHARES
    • बैशाख २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.8K Views

    आज जुडशीतल मनाइँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा

    गोदार (धनुषा), २ वैशाख : तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।

    images

    विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । 


    तेस्रो आँखा