काठमाडौं, १५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वैशाखमै स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका नेताहरु समक्ष प्रस्ताव राखेका छन् ।
शनिबार बसेको पाँच दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले ऐन शंशोधन नगरेरस्थानीयतहको निर्वाचन गर्न प्रस्ताव गरेका हुन् । स्थानीय तह निर्वाचन ऐन शंशोधन नगरेर समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने देउवाको भनाइ थियो ।
आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखमा निर्वाचन गर्न प्रस्ताव गरेको छ । यसअघि निर्वाचन ऐन संविधानसंग बाझिएको भन्दै ५ दलीय गठबन्धनले उक्त ऐन शंशोधन गरेर कार्यकाल सकिएको ६ महिना भित्र स्थानीय तहको निर्वाचन गर्ने सहमती जस्तै भएको थियो ।
तर शनिबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले समयमै निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । बैठकमा यो विषयमा कुनै ठोस सहमति नभएको र बैठक पुनः शनिबार बस्ने जनाइएको छ ।
