• ट्रेण्डिङ्ग :
बास्केटबलको वार्षिक कार्यक्रम सार्वजनिक

बास्केटबलको वार्षिक कार्यक्रम सार्वजनिक


  • 4.1K
    SHARES
    • बैशाख २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.4K Views

    बास्केटबलको वार्षिक कार्यक्रम सार्वजनिक

    मोरङ, २ वैशाख : नेपालमै पहिलोपटक बास्केटबल खेलको विकास एवं युवायुवतीलाई यसप्रति आकर्षण गर्न वार्षिक कार्यक्रम आज यहाँ सार्वजनिक गरिएको छ ।

    images

     विराटनगर बास्केटबल एकेडेमीले आज यहाँ सार्वजनिक गरेको वार्षिक कार्यक्रममा वैशाख र जेठमा एसइई लक्षित विद्यार्थीबीचको ‘ट्यालेन्ट हन्ट’ प्रतियोगिता हुने छ । यस्तै जेठमा अन्डर–१६ पुरुष र महिलाको अन्तर प्रदेश बास्केटबल प्रतियोगिता, साउनमा विराटनगरका स्कूललाई लक्षित गरी निःशुल्क बास्केटबलको तालिम दिइने एकेडेमीका अध्यक्ष सरोज लम्सालले जानकारी दिनुभयो ।

     यसैगरी, भदौमा पाँचौँ पुरुष र महिलाको अन्तर स्कूल बास्केटबल लिग, असोजमा कर्पोरेट तीन÷तीन प्रतियोगिता, कात्तिकमा मेयर कप, मङ्सिरमा मिनी बिबीए फेस्ट २.०, पुसमा पुनः निःशुल्क बास्केटबलको तालिम दिने र फागुनमा अन्डर–१८ राष्ट्रिय बास्केटबल प्रतियोगिता सञ्चालन गर्ने एकेडेमीले खेल तालिका सार्वजनिक गरेको छ ।

     बास्केटबल खेलको वार्षिक कार्यक्रम सफल बनाउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न एकेडेमीका अध्यक्ष लम्साल अनुरोध गर्नुभएको छ । यसलाई विकासका लागि आगामी दिनमा समेत निरन्तरता दिँदै जाने आयोजकले प्रतिबद्धता जनाएको छ ।


    तेस्रो आँखा