• ट्रेण्डिङ्ग :
राप्रपाको प्रदर्शनमा घाइते भएका डाँगीको निधन

राप्रपाको प्रदर्शनमा घाइते भएका डाँगीको निधन


  • 2.4K
    SHARES
    • बैशाख ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.7K Views

    राप्रपाको प्रदर्शनमा घाइते भएका डाँगीको निधन

    काठमाडौं, ३ वैशाख । राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा घाइते हुनुभएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा निधन भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहनुभएका डाँगीको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो ।

    images

    गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत २७ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा उहाँ घाइते हुनुभएको थियो । आन्दोलनकारीलाई हटाउनेक्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँसले डाँगीको स्वास्थ्यमा समस्या आएको थियो । डाँगीलाई आज मध्याह्न १२ बजे राप्रपा पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।


    तेस्रो आँखा