• ट्रेण्डिङ्ग :
नेपालले पायो एक सय १५ रनको चुनौती

नेपालले पायो एक सय १५ रनको चुनौती


  • 3.5K
    SHARES
    • बैशाख ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.4K Views

    नेपालले पायो एक सय १५ रनको चुनौती

    काठमाडौँ, ३ चैत/ एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा हङ्कङले नेपाललाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ ।   
     
     ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित १७ दशलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय १४ रनको योगफल बनायो । हङ्कङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २६ बलमा चार चौका र एक छक्काको सहयोगमा ३४ रन बनाएका हुन् । 
     
     त्यस्तै जिसन अलिले १४ रन बनाउदा कप्तान निजकात खानले १२ रन बनाए । त्यस्तै इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 
     
     बलिङतर्फ नेपालका अभिनाश बोहोराले तीन विकेट लिए भने ललित राजबंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई÷दुई विकेट लिए । त्यस्तै करण केसीले एक विकेट झारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । आजको खेलमा हङ्कङलाई हराउनसके नेपाल एक खेलअगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । 

    images


    तेस्रो आँखा