दाङ ३ बैशाख/ सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्थामा परिवर्तन ल्याउन सरकारले कानुन कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताउनु भएको छ । राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा सुधार आउन नसकेका गुनासाका विच सरकाले जनताको अवस्थामा सुधार ल्याउन कानुन कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताउनु भएको हो ।
नेपाल पत्रकार महासंघ दाङको २२ औं साधारणसभा तथा १२ औं अधिवेशन एवम् मिडिया महोत्सवको आज दाङको घोराहीमा उद्घाटन गर्दै उहाँले पत्रकारिता र राजनीति परिवर्तनको यात्रामा सँगसँगै रहेको स्मरण गर्दै अहिले राजनिती र पत्रकारीताको एजेन्डा फेरिएको बताउनु भयो ।
संविधानमा उल्लेख मौलिक हक कार्यान्वयन गर्नुपर्ने मुल जिम्मेवारी सरकारको भएको, तीन तहका सरकारको काम उत्पीडितलाई मुल प्रवाहमा ल्याउनू रहेकोमा जोड दिनुभयो । संविधानमा लेखिएक मौलिक हकलाई अभियानात्मक रुपमा जिम्मेवार रुपमा मिडियाले भुमिका खेल्न सक्ने भन्दै विश्वास व्यक्त गर्नु भयो ।
अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनु भयो । अहिले राजनीतिक स्थायित्व भएपनि राजनीतिक अभिभारा पूरा गर्न बाँकी रहेको बताउनु भयो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको रक्षाका लागि राज्यपक्ष जहिले पनि जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । दुई दिन सम्म चल्ने मिडिया महोत्सवमा विविध बिषयमा छलफल गरिने छ ।
