काठमाडौं, १५ माघ । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठ मसान्त सम्म गर्न सरकारलाई सुझाव दिएको छ।
शनिबार बसेको गठबन्धनको बैठकले जेठ मसान्त सम्म स्थानीय तहको निर्वाचन गर्नका लागि सरकारलाई सुझाव दिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले मिति तोक्ने छ ।
तर निवर्वाचन आयोगले भने जेठ ५ गते नै स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल समाप्त हुने भएकाले वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई यसअघि सिफारीस गरेको छ ।
