• ट्रेण्डिङ्ग :
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण


  • 4.1K
    SHARES
    • बैशाख ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.4K Views

    सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
    काठमाडौँ, ३ वैशाख/सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले सम्हाल्नुभएको छ । 
     
    यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिकरुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गर्नुभएको हो ।
     
    त्यसअवसरमा सहायकरथी भण्डारीले प्रवक्ताको जिम्मेवारीमा रहने क्रममा आमसञ्चार जगतका सबै सञ्चारगृह, प्रकाशक, सम्पादक र विशेषगरी रक्षासग सम्बन्धित विटमा कार्यरत पत्रकारबाट भएको सद्भाव, सुभेच्छा र  सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।
     
    आज प्रवक्ताको जिम्मेवारी पाउनुभएका केसीले नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध र सहयोग आगामी दिनमा थप प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो । प्रवक्ता केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख हुनुहुन्थ्यो भने सहायकरथी भण्डारीको सैनिक अभिलेखालयमा सरुवा भएको छ ।


    तेस्रो आँखा