काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रहरी महानिरीक्षक (एआजी)मा बढुवाका लागि सिफारिस भएका छन्। जनपद प्रहरीको समूह तर्फका दुई जना भीमप्रसाद ढकाल र उमेशराज जोशी एआइजीमा बढुवा भएका हुन्। त्यसैगरी प्राविधिक समूह अन्तरगत इन्जिनियरिङ उपसमूहका नबिन्द्र अर्याल र प्राविधिक समूहकै केनाइल उसमूहका तर्फका डाक्टर देउती गुरुङलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरीको बढुवा समितिका सदस्य सचिव एआइजी टेकप्रसाद राईले जानकारी दिए।
