• ट्रेण्डिङ्ग :
स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल


  • 3.3K
    SHARES
    • बैशाख ४, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.0K Views

    स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

    काठमाडौँ, ४ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज यहाँ आयोजित १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुद विकासका लागि आवश्यक स्रोत, साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले विशेष जोड दिनुपर्छ भन्नुभयो ।  

    images

    “ गाउँगाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेजस्तै खेलकुदको पनि विकास गर्नुपर्छ । शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन् । कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील तथा अनुशासित बनाउँछ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “विशेषत खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय तह र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी छ, खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्नुपर्छ भन्ने लाग्छ ।”

    विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको जनाउँदै उहाँले विद्यार्थी खेलकुदमा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुन्छ भन्नुभयो ।  

    राष्ट्रपति पौडेलले खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन र पुरस्कार तथा आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खेलको विकासमा सरकार र सरोकारवालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता आँैल्याउनुभयो । 

    उहाँले विद्यालय तहमा केन्द्रित रहेर खेल प्रतिभाको खोजी गरी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भई राष्ट्रको छवि उच्च बनाउन योगदान पु¥याउन सक्ने खेलाडी तयार गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना हुनु प्रशंसनीय कार्य हो भन्नुभयो । 


    तेस्रो आँखा