• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशमा सरकार विस्तार

लुम्बिनी प्रदेशमा सरकार विस्तार


  • 4.7K
    SHARES
    • बैशाख ६, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 7.3K Views

    लुम्बिनी प्रदेशमा सरकार विस्तार

    दाङ, ६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एकरएक गरी छ जना विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको हो । 

    images

    एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी रहनुभएको छ भने नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विनाविभागीय मन्त्री नियुक्त हुनुभएको छ । 

    मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका तीन जना विनाविभागीय मन्त्रीहरु चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रायल र भण्डारीलाल अहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ । 

    आज विस्तार गरिएको मन्त्रिमण्डलसँगै लुम्बिनी प्रदेश सरकार १० सदस्यीय पुगेको छ । आज नियुक्त भएका विनाविभागीय मन्त्रीहरुको शपथग्रहण आजै गराउने तयारी भएको छ । 


    तेस्रो आँखा