• ट्रेण्डिङ्ग :
जडीबुटी प्रशोधन उद्योगमा आगलागी

जडीबुटी प्रशोधन उद्योगमा आगलागी


  • 4.5K
    SHARES
    • बैशाख ६, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.9K Views

    जडीबुटी प्रशोधन उद्योगमा आगलागी

    बाँके, ६ वैशाख/ बाँकेको जानकी गाउँपालिका–६ पिपरहवास्थित राजेश जैनले सञ्चालन गरेको बाहुबली जडीबुटी प्रशोधन उद्योगमा आगलागी भएको छ ।

    images

    विद्युत् चुहावट ‘सर्ट’ भएर आज बिहान भएको आगलागी दिउँसो नियन्त्रणमा आएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार आगलागी घटनाको जानकारी आउनै बित्तिकै प्रहरीको टोली परिचालन गरिएको थियो । 

    नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र बाँके र बर्दिया जिल्लाबाट मगाइएको जम्मा नौवटा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । उद्योगमा रहेको जडीबुटी, बोरालगायत सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ तर क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेको छ । 


    तेस्रो आँखा