तुलसीपुर ७ वैशाख/ दाङमा जन्ती लिन जाँदै गरेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पौने ४ बजेको समयमा दाङको शान्तिनगर गाउँपालिका वडा नं. ५ काशिपुर स्थित भित्री सडक खण्डमा चरकमटियाबाट काशीपुर तर्फ जन्ति लिन जाँदै गरेको ना ४ ख ६९४९ नं को बसको ठक्करबाट शान्तिनगर ५ रगैचा निवासी ६० वर्षीय फकला चौधरीको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा बिहान साढे ४ बजेको समयमा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक बबई ६ निवासी ३२ वर्षीय अमर बहादुर चौधरीलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
