• ट्रेण्डिङ्ग :
दाङमा आगलागीबाट एकको मृत्यु

दाङमा आगलागीबाट एकको मृत्यु


  • 5.7K
    SHARES
    • बैशाख ७, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 8.8K Views

    दाङमा आगलागीबाट एकको मृत्यु
    दाङ, ७ वैशाख/ दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला  प्रहरीले  कार्यालयले दाङले जनाएको छ ।
     
    गएराति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो । घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पस्नुभएको थियो । त्यहीबेला आगोले जलेर मृत्यु भएको  प्रहरीको भनाइ छ । आगोले वीरबहादुरको घर गोठ तथा उहाँका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।
     
    लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रमा लिइएको जनाइएको छ । 


    तेस्रो आँखा