• ट्रेण्डिङ्ग :
एमाले वडा अध्यक्ष जीवन कटवालले स्थानीयलाई कुटे, घाइतेको  काठमाडाैंमा उपचार हुँदै

एमाले वडा अध्यक्ष जीवन कटवालले स्थानीयलाई कुटे, घाइतेको  काठमाडाैंमा उपचार हुँदै


  • 7.9K
    SHARES
    • माघ १६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    एमाले वडा अध्यक्ष जीवन कटवालले स्थानीयलाई कुटे, घाइतेको  काठमाडाैंमा उपचार हुँदै

    ओखलढुंगा । ओखढुंगा सिद्धिचरण नगरपालिका वडा नम्बर २ मा निशंखे भन्ञ्जाङमा मन्दिर निमार्ण गर्ने क्रममा एमाले वडा कमिटी अध्यक्ष जिवन कटवालले स्थानीयमाथि हातपात गरेका छन ।

    images

    वडाकमिटी अध्यक्ष कटवालले उपभोक्ता समिति गठन गर्ने क्रममा विवाद हुदाँ स्थानीय प्रदिप कटवालमाथि शनिबार कुटपिट गरेका हुन । कुटपिटबाट घाइते भएका कटुवालको उपचारको लागि काठमाडौं लगिएको छ । उनको काठमाडौस्थित बिएण्डबी हस्पिटलनमा उपचार भइरहेको छ ।

    यस्तै निशंखेका माओवादीका वडा कमिटी अध्यक्ष बाबुराम कटवाल र कांग्रेसका वडा सभापति शम्बर बहादुर कटवालले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई कारवाहीको माग गर्दै पीडितलाई उचित क्षतिपुर्तिसहित न्यायको माग गरेका छन् । विज्ञप्तीमा विकास निमार्णको कामको नाममा दादागिरी स्विकार्य नहुनेसमेत चेतावनी दिइएको छ ।

    oo.jpg


    तेस्रो आँखा