• ट्रेण्डिङ्ग :
संस्कार जोगाउन सांस्कृतिक पोशाक 

संस्कार जोगाउन सांस्कृतिक पोशाक 


  • 9.6K
    SHARES
    • बैशाख ९, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 14.7K Views

    संस्कार जोगाउन सांस्कृतिक पोशाक 

    घोराही ९ वैशाख/ गुरुकुल एकेडेमीले सम्पुर्ण विद्यार्थी तथा शिक्षकहरुबाट साँस्कृतिक पोशाकसहित विद्यालयको पठनपाठन संचालन गरेको छ । गुरुकुल एकेडेमी घोराही लमही र तुलसीपुरले सम्पुर्ण जातजातिका साँस्कृतिक पोशाक सहित शैक्षिक सत्र २०८१ को पहिलो दिन विद्यालय संचालन गरेको हो ।

    images

    आफ्नो संस्कार जोगाउनको लागि गुरुकुल एकेडेमीले बिगत २ बर्ष देखि साँस्कृतिक पोशाक विद्यालय समयमा पनि नियमित  प्रयोग गर्दै आएको छ । शिक्षा ,संस्कार र संस्कृतिको त्रिवेणी भन्ने मुल नारालाई आत्मसात गर्दै गुरुकुल एकेडेमीले नियमित रुपमा सबै जातजातिका पोसाक झल्काउदै यो कार्यक्रम गर्दै आइरहेको छ । हरेक महिनाको पहिलो दिन विद्यार्थी तथा शिक्षकले आफ्नो जातिए पोशाक पहिरिने गरेका छन । यो कार्यक्रममले सम्पुर्ण विद्यार्थीहरु माझ आफ्नो जातिए पोशाक कुन हो , कसरी प्रयोग गर्ने भन्ने कुरा जानकारी पाउने र आफ्नो संस्कार जोगाउन सकिने भएका कारण कार्यक्रमको आयोजना गरीएको गुरुकुल एकेडेमी घोराहीका संस्कार प्रमुख भुगोल कँवर मगरले जानकारी दिनुभयो ।

    कार्यक्रममा थारु,मगर, नेवार ,गुरुङ ,क्षेत्रि लगायतका पोसाकहरु लगाइएको थियो । यसैबिच गुरुकुल एकेडेमी घोराहीले नव नियुक्त शिक्षकहरुलाई स्वागत पनि गरेको थियो । नव नियुक्त संस्कार प्रमुख भुगोल कवर मगर , अंग्रेजि शिक्षक राजन अधिकारी, सामाजिक शिक्षक लालमनि पोख्रेल र सुनिता बम लाई स्वागत गरीएको विद्यालयका प्रबक्ता तथा शिक्षक विबेक देवकोटाले जानकारी दिनुभयो । बिशेष गरी आज बैशाख ९ गते साँस्कृतिक दिव भएकोले गुरुकुल एकेडेमी लमहीले विद्यालय संचालनको पहिलो वर्षको पहिलो दिन सम्पुर्ण विद्यार्थि तथा शिक्षकहरुलाई सास्कृतिक भेष भुषामा सजिन लगाई सोहि सम्बन्धि सम्पुर्ण कक्षामा कार्यक्रमको आयोजना गरीएको गुरुकुल लमहिका प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाले जानकारी दिनुभयो । सोहि अनुसार गुरुकुल एकेडेमी तुलसिपुरले पनि कार्यक्रमको आयोजना गरेको छ । 


    तेस्रो आँखा