• ट्रेण्डिङ्ग :
राष्ट्रिय महिला भलिबल : एपिएफ क्लब विजयी

राष्ट्रिय महिला भलिबल : एपिएफ क्लब विजयी


  • 4.1K
    SHARES
    • बैशाख १३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.3K Views

    राष्ट्रिय महिला भलिबल : एपिएफ क्लब विजयी

    काठमाडौँ, १३ वैशाख । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।

    images

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा एपिएफ क्लबले अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले पराजित गरेको हो । यसअघि एपिएफ क्लबले पहिलो खेलमा विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबलाई ३–१ सेटमा पराजित गरेको  थियो ।

    आजको खेलमा एपिएफले सुरुआती दुई सेट २५–२३ र २५–२३ अङ्कले आफ्नो पक्षमा पा¥यो । त्यसपछिका दुई सेट आर्मीले २५–१३ र २५–१४ अङ्कले जित्यो । खेलको अन्तिम निर्णायक सेट एपिएफ क्लबले १५–९ अङ्कले जित्यो । जितसँगै एपिएफ क्लबले पाँच अङ्क जोडेएको छ । 

    प्रतियोगिताको विजेताले रु चार लाख ९९ हजार, दोस्रो हुने टोलीले रु दुई लाख ५० हजार, तेस्रो हुनेले रु एक लाख २५ हजार र चौथो हुने टोलीले रु ६२ हजार पुरस्कार प्राप्त गर्नेछ । 


    तेस्रो आँखा