• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठक : पुनरावेदन समितिको अध्यक्षमा न्यायाधीश भट्ट

मन्त्रिपरिषद् बैठक : पुनरावेदन समितिको अध्यक्षमा न्यायाधीश भट्ट


  • 3.0K
    SHARES
    • बैशाख १३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    मन्त्रिपरिषद् बैठक : पुनरावेदन समितिको अध्यक्षमा न्यायाधीश भट्ट

    काठमाडौँ, १३ वैशाख । सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ । साथै बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रियामा सरकारले सहयोग गर्ने भएको छ ।  

    images

     प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले सो सम्बन्धी निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई सोही अदालतको कामकाजसमेत गर्ने गरी पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार न्यायाधीश भट्टलाई पुरावेदन समितिको अध्यक्ष तोक्ने सरकारले निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

     त्यसैगरी हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन सम्बन्धीत निकायलाई निर्देशन दिएको उहाँले बताउनुभयो । 


    तेस्रो आँखा