• ट्रेण्डिङ्ग :
आज जसपा कार्यकारिणी समितिको बैठक बस्दै

आज जसपा कार्यकारिणी समितिको बैठक बस्दै


  • 3.0K
    SHARES
    • बैशाख १४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    आज जसपा कार्यकारिणी समितिको बैठक बस्दै

    काठमाडौँ । आज जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्नेछ । 

    images

    जसपाको महाधिवेशन आगमी जेठ २७ गतेदेखि २९ गतेसम्म जनकपुरमा हुने भएको छ । सो बैठक पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    महाधिवेशनका लागि विभिन्न दस्ताबेज लेख्ने काम सकिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा राजनीतिक प्रतिवेदन र पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टीको नीति तथा कार्यक्रमको मस्यौदा लेखन काम सम्पन्न भएको छ ।

    ती प्रतिवेदनको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । साथै, पार्टीको सङ्गठित सदस्य तथा महाधिवेशन प्रतिनिधिको बारेमा पनि छलफल हुने बताइएको छ । 


    तेस्रो आँखा