• ट्रेण्डिङ्ग :
पाकिस्तान र इरानबाट चार दिनमा करिब छ हजार अफगानी शरणार्थी स्वदेश फर्किए

पाकिस्तान र इरानबाट चार दिनमा करिब छ हजार अफगानी शरणार्थी स्वदेश फर्किए


  • 3.7K
    SHARES
    • बैशाख १४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.7K Views

    पाकिस्तान र इरानबाट चार दिनमा करिब छ हजार अफगानी शरणार्थी स्वदेश फर्किए

    छिमेकी मुलुक पाकिस्तान र इरानबाट हालैका दिनमा पाँच हजार ९४० अफगान ी शरणार्थी स्वदेश फर्केको आप्रवासी मामिलासम्बन्धी आयोगले शुक्रबार जनाएको छ । शरणार्थीहरु पाकिस्तान र इरानबाट तोरखाम, स्पिन बोल्दाक, इस्लाम काला, अब्रेसाम र अङ्गोराडा नाका हुँदै अफगानिस्तान तर्फ फर्केको आयोगले सामाजिक सञ्जालमार्फत् सार्वजनिक विज्ञप्तिमा जनाएको छ ।

    images

    अफगान अधिकारीहरूका अनुसार पाकिस्तानी सरकारले अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने दोस्रो चरण अप्रिल १५ मा सुरु गरेको थियो र पहिलो चरणमा पाँच लाख ५० हजारभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानबाट फर्केका थिए ।

    अफगानी सरकारी तथ्याङ्क अनुसार २५ लाखभन्दा बढी अफगान ी शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने करिब त्यत्तिनै सङ्ख्यामा इरानमा रहेका छन् ।

    अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगान ी आप्रवासीहरुलाई स्वदेश फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ ।


    तेस्रो आँखा