दंगीशरण १५ वैशाख/ दंगीशरण गाउँपालिकामा सायना प्रेश (डिएमपीए-एससी) सेवा संचालन तथा विस्तार सहजीकरण सामाग्री बारे प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आधुनिक गर्भनिरोधक साधनको रुपमा दाङका १० वटै स्थानियतहमध्ये दंगीशरण गाउँपालिकामा पहिलो पटक सायना प्रेश गर्भनिरोधक सुइको सेवा सुचारु गरीएको हो । २०७७/७८ मा सिन्धुलि र नवलपरासीमा परीक्षणको रुपमा लागु भएको सायना प्रेश सुइ अहिले दाङमा पहिलोपटक दंगीशरणमा सेवा शुरु गरीएको हो ।
आज एक कार्यक्रमका बीच दंगीशरण भित्रका सबै स्वास्थ्यसस्थाका स्वास्थ्यकर्मीहरुलार्इ सायना प्रेश सुइको प्रयोग र यसका फाइदाहरुका वारेमा जानकारी गराइएको थियो ।
पालिका अध्यक्ष शम्भु गिरीले आधुनिक प्रविधिको विकास संगै सजिलो र सहज तरिकाको अस्थायी गर्भ निरोधक साधनको रुपमा सायना प्रेश सेवा दाङ्ममै पहिलो पटक दंगीशरणमा सेवा सुचारु गर्न पाउदा आफु धेरै खुसि भएको बताए । आफु निर्वाचित भएर आइसकेपछी स्वास्थ्य र शिक्षालाइ प्राथमिकतामा राखि आफु अगाडी बढेको बताए।
