• ट्रेण्डिङ्ग :
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु


  • 2.7K
    SHARES
    • बैशाख १५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.1K Views

    जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

    काठमाडौँ, १५ वैशाख/ जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

    images

    केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बसेको आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाबारे छलफल हुने सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । 

    शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको बस्नेतले बताउनुभयो ।

    निर्देशिकाले जसपाको करिब एक लाख ४६ हजार सङ्गठित पार्टी सदस्यमध्येबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरेको छ । सो पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।


    तेस्रो आँखा