• ट्रेण्डिङ्ग :
पाल्पामा टिपर र मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

पाल्पामा टिपर र मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु


  • 3.5K
    SHARES
    • बैशाख १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.4K Views

    पाल्पामा टिपर र मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

    पाल्पा । पाल्पामा टिप्परको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं ६ जुठापौवाका ४३ वर्षीय जगलाल बलाल रहेका छन् । 

    images

    बुटवलबाट कचल खानीतर्फ जाँदै गरेको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु१७प १५२४ नम्बरको मोटरसाइकललाई तिनाउ गाउँपालिका-२ छिसखोलास्थित भित्री कच्ची सडकखण्डमा शनिबार साँझ ६ बजेतिर ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बेलुकी ८ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताए। ​टिपर चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


    तेस्रो आँखा