• ट्रेण्डिङ्ग :
राजपुर हाडबासको आगलागीप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त 

राजपुर हाडबासको आगलागीप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त 


  • 4.3K
    SHARES
    • बैशाख १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.6K Views

    राजपुर हाडबासको आगलागीप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त 

    दाङ, १७ वैशाख / सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले दाङको राजपुर गाउँपालिका ७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । हाडबासमा आइतवार आगलागी हुँदा २४ घर र १० वटा गोठ जलेका थिए । घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री शर्माले यो पीडाको क्षणमा घरबारविहीन पीडित परिवारको राहत र पुनर्स्थापनाका लागि जुट्न सबैलाई आह्वान पनि गर्नुभएको छ ।

    images

    गर्मीयाम सुरु भएसँगै आगलागी र डढेलोका घटनाहरु बढिरहेको, दिनहुँ जनधनको क्षति भइरहेको छ र नागरिकका घर, पशुपंक्षी लगायतका निजी सम्पत्ति, अन्नबालीसहित वन जङ्गल र जैविक विविधतामा क्षति पुगिरहेको उल्लेख गर्दै उहाँले एक प्रेस नोटमार्फत सबै पक्षलाई गम्भीर हुन पनि आग्रह गर्नुभएको छ । 

    नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाटै आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिइसकेको जानकारी गराउँदै मन्त्री शर्माले क्षति न्यूनीकरणमा सुरक्षाकर्मीसहित तिनै तहका सरकारले गम्भीतापूर्वक काम गरिरहेको उल्लेख गर्नुभएको छ ।

    आगलागी र डढेलो मानवीय कमजोरीबाट सिर्जित विपत् भएकाले यसबाट बच्न उच्च सतर्कता र सावधानीको विकल्प नभएको स्पष्ट गर्दै उहाँले आगलागी तथा डढेलोको जोखिम कायमै रहेकाले उच्च सतर्कता र सावधानी अपनाउँदै क्षति न्यूनीकरणमा जुट्न सबैमा अनुरोध गर्नुभएको छ । आगलागी र डढेलोबाट थप क्षति हुन नदिन सचेतनामूलक अभियान सञ्चालनका लागि पनि उहाँले आम सञ्चारका माध्यमसहित सबैलाई आग्रह गर्नुभएको छ ।


    तेस्रो आँखा