• ट्रेण्डिङ्ग :
केन्यामा बाँध फुटेपछि कम्तीमा ४२ को मृत्यु

केन्यामा बाँध फुटेपछि कम्तीमा ४२ को मृत्यु


  • 2.2K
    SHARES
    • बैशाख १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.4K Views

    केन्यामा बाँध फुटेपछि कम्तीमा ४२ को मृत्यु

    केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई बताउनुभएको छ । पूर्वी अफ्रिकी देश केन्याले भारी वर्षा र बाढीको सामना गरिरहेको छ ।

    images

    बाँध फुट्दा ४२ जनाको मृत्यु भएको अस्पष्ट अनुमान गरिएको छ, अहिले पनि धेरै मानिस माटोमा छन्, हामी पुनःप्राप्तिका लागि काम गरिरहेका छौँ”, नाकुरु काउन्टीका गभर्नर सुसान किहिकाले भन्नुभयो । 

    माई महिउको रिफ्ट भ्याली सहर नजिकैको बाँध फुटेर घर तथा सडकलाई बगाएको छ । यसअघि अधिकारीहरूले केन्यामा मार्चयता ७६ जनाले ज्यान गुमाएको जानकारी दिएका थिए । सामान्यभन्दा भारी वर्षाले पूर्वी अफ्रिकामा एल निनो मौसमको ढाँचाले जटिल बनाएको थियो।

    सन् २०१८ मेमा भीषण वर्षा र बाढीको बेला नाकुरु काउन्टीको सोलाईमा पनि बाँध फुट्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो ।


    तेस्रो आँखा