• ट्रेण्डिङ्ग :
शाही अपमानका कारण प्रमुख थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय

शाही अपमानका कारण प्रमुख थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय


  • 2.8K
    SHARES
    • बैशाख १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.3K Views

    शाही अपमानका कारण प्रमुख थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय

    थाइल्यान्डको एक अदालतले सोमबार मुलुकका प्रमुख प्रजातन्त्र कार्यकर्तामध्येका एकलाई शाही अपमानको आरोपमा थप दुई वर्षको कारागार सजाय सुनाएको छ ।

    images

     प्रख्यात मानवअधिकार वकिल अर्नोन नम्पाविरुद्ध लगाइएको यो पछिल्लो आरोप हो । उहाँले अहिले १० वर्षभन्दा धेरै कारागार सजायको सामना गर्नुभएको छ । सन् २०२१ मा फेसबुकमा पोस्ट गरिएको तीन सन्देशका लागि जनवरीमा चार वर्षको कारागार सजाय सुनाइएपछि उहाँ हाल कारागारमा हुनुहुन्छ । यसमा उहाँले पहिला नै लेज–मेजेस्टे (शासकको मर्यादा उल्लङ्घन गर्ने अपराध) का लागि चार वर्षको सजाय भोगिरहनुभएको छ । 

     सरकारले असहमतिलाई दबाउन कठोर कानूनको प्रयोग गरेको र राजा महा वजिरालोङ्गकर्न तथा उहाँका परिवारको रक्षा गर्ने कठोर कानूनअन्तर्गत धेरै मानिसमाथि मुद्दा चलाएको आलोचकहरूले बताएका छन् । 

     बैङ्ककको आपराधिक अदालतले थाइल्यान्डको शाही मानहानि कानूनमा संशोधनका लागि सन् २०२१ मा ह्यारी पोर्टर–थिम र्यालीमा आह्वान गरेकामा अर्नोनलाई दुई वर्ष २० दिनको कारागार सजाय सुनाइएको थियो । 

     थाई लयर्स फर ह्युमन राइट्सले उहाँलाई लेज–मेजेस्टेको उल्लङ्घन, आपत्कालीन आदेशको अवहेलना र बिनाअनुमति लाउडस्पिकरको प्रयोगसहित चार आरोपमा दोषी पाएको बताएको छ । 

     सन् २०२० मा थाइल्यान्डका युवाहरूको नेतृत्व गर्ने लोकतन्त्र समर्थक विरोध प्रदर्शनमा राजतन्त्रको सुधारका लागि अभूतपूर्व आह्वान गर्न हजारौँ मानिस सडकमा उत्रिएका थिए । 

     अर्नोनलाई सजाय सुनाउँदै आपराधिक अदालतले लाउडस्पिकर प्रयोग गरेकामा एक सय ५० भाट जरिवानासमेत गरेको थियो । 

     हालैका वर्षहरूमा लेज मेजेस्टे कानूनअन्तर्गत आरोप लगाइएका एक सय ५० भन्दा बढी कार्यकर्तामध्ये अर्नोन एक हुनुहुन्छ । लेज मेजेस्टेलाई फौजदारी संहिताको प्रासङ्गिक खण्डपछि ‘११२’ भनिन्छ । 


    तेस्रो आँखा