इलाम । गत वैशाख १५ गते इलाम २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्बाङको अग्रता कायमै रहेको छ । उनले प्राप्त गरेको पछिल्लो मत मतसङ्ख्या २५,२६२ रहेको छ । यसैगरी उनलाई पछाइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १९,२६० मत प्राप्त गरेका छन्। पहिचानवादी स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुले १०,७७९ मत प्राप्त गर्दा नेपाल स्वतन्त्र पार्टीका मिलन लिम्बुले ४,५८६ ल्याएका छन् । मत परिणामको अन्तिम नतिजा आजै प्राप्त हुने निर्वाचन आयोगले जनाएको छ।
