• ट्रेण्डिङ्ग :
तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारी मनोनयन वैशाख २४ गते 

तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारी मनोनयन वैशाख २४ गते 


  • 8.4K
    SHARES
    • बैशाख १८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 13.0K Views

    तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारी मनोनयन वैशाख २४ गते 

    तुलसीपुर १८ वैशाख/ तुलसीपुर उद्योग वाणिज्य संघको यही वैशाख २९ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । वैशाख २९ गते हुने निर्वाचनको लागि वैशाख २४ गते बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारको नामावली प्रकाशन २४ गते नै अपरान्ह साढे ४ बजे गरिने भएको छ ।

    images

    त्यसैगरी उम्मेदवार उपर दावी विरोध वैशाख २५ गते अपरान्ह १ बजेसम्मको समय तोकिएको छ । निर्वाचन समितिका संयोजक प्रविण लम्सालले प्रकाशन गरेको सूचना अनुसार उम्मेदवारको संशोधित नामावली प्रकाशन २५ गते अपरान्ह ३ बजे, उम्मेदवारले नामावली फिर्ता लिने समय २६ गते बेलुका ५ बजेसम्मको समय तोकिएको छ । निर्वाचनको दिन वैशाख २९ गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेभित्र मतदाताहरु मतदान स्थलमा प्रवेश गरिसक्नु पर्ने निर्वाचन समितिले जनाएको छ ।

    मतदानमा सहभागी हुने मतदाताले अनिवार्य संघबाट पदान गरेको परिचय पत्र ल्याउनु पर्ने ति बाहेक नागरिकता, राष्ट्रिय परिचय पत्र लगायत पहिचान खुलेको परिचय पत्र बाट समेत मतदान गर्न सकिने जनाएको छ । मतदान कार्यक्रम सकिए लगत्तै मत गणना गरिने निर्वाचन समितिले जनाएको छ ।  

    ea2b1d77-059f-48c4-a294-8b4ff37dc715.jpg
    undefined


    तेस्रो आँखा