रुकुम १८ वैशाख/ रुकुम पश्चिममा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ खाराका ४५ वर्षीय मोटरसाइकल चालक जयबहादुर गिरी रहेका छन्।
त्रिवेणी गाउँपालिका-४, सिम्रुतु भन्ने स्थानमा मंगलबार बिहान रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले गिरी सवार रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको हो ।ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका (७, निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको छ।
