म्यानमारको याङ्गुनमा आगलागी हुँदा ३३ घर जलेर नष्ट हुनुका साथै २६ घरपरिवारका ११२ भन्दा बढी व्यक्ति प्रभावित भएको म्यान्मारको अग्नि नियन्त्रण सेवा विभागका एक अधिकारीले मङ्गलबार सिन्ह्वालाई जानकारी दिनुभएको छ ।
स्थानीय समयअनुसार सोमबार राति १२ बजेतिर श्वेता नगरमा आगलागी भएको होे । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रभावित व्यक्तिहरूलाई अस्थायी रूपमा एउटा गुम्बामा सारिएको अधिकारीहरूले बताएका छन् । आगलागीबाट कुनै मानवीय क्षति नभएको उहाँले बताउनुभयो ।
