• ट्रेण्डिङ्ग :
अस्ट्रेलिया महिलाविरूद्धका हिंसात्मक गतिविधि नियन्त्रणका लागि प्रतिबद्ध

अस्ट्रेलिया महिलाविरूद्धका हिंसात्मक गतिविधि नियन्त्रणका लागि प्रतिबद्ध


  • 2.9K
    SHARES
    • बैशाख १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.5K Views

    अस्ट्रेलिया महिलाविरूद्धका हिंसात्मक गतिविधि नियन्त्रणका लागि प्रतिबद्ध

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले महिलाहरूलाई हिंसात्मक सम्बन्ध छोड्न मद्दत गर्नको लागि नयाँ कोषको घोषणा गर्नु भएको छ ।  

    images

    लैङ्गिक हिंसालाई सम्बोधन गर्न सङ्घीय, तथा क्षेत्रीय नेताहरूको आपतकालीन बैठकपछि, अल्बनिजले हिंसात्मक सम्बन्ध छोड्न सघाउने कार्यक्रम स्थापना गर्न पाँच बर्षमा नौ करोड २५ लाख अष्ट्रेलियाली डलरको घोषणा गर्नुभएको हो । 

    लैङ्गिक हिंसा अन्त्य गर्न माग गर्दै हजारौँ अस्ट्रेलियालीहरूले गरेको प्रदर्शनमा अल्बानीजले क्यानबेरामा प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै महिलाविरुद्धको हिंसालाई राष्ट्रिय सङ्कटको रूपमा वर्णन गर्नुभयो ।  

    राष्ट्रिय न्यायका लागि क्रियाशिल समूह ‘डिस्ट्रोय द जोइन्ट’का अनुसार अस्ट्रेलियामा सन् २०२३ को पहिलो चार महिनामा १२ जनाको मृत्यु भएकोमा सन् २०२४ मा यो सङ्ख्या २८ पुगेको छ । 

    यसअघि बुधबार नै एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री अल्बानिजले महिला र बालबालिकाविरुद्धको हिंसाको रातारात समाधान हुन नसक्ने हृदयविदारक वास्तविकता भएको बताउनुभएको छ । उहाँले यो घोषणाले कम महिलाहरूले हिंसात्मक सम्बन्धमा फसेको महसुस गर्ने हाम्रो प्रयासलाई सहयोग गर्ने उल्लेख गर्नुभयो । 

    बुधबारको बैठकमा नेताहरूले डिजिटल समस्या नक्कली पोर्नोग्राफीको सिर्जना र वितरणमा प्रतिबन्धसहित अनलाइन समस्या सम्बोधन गर्न नयाँ उपायहरू कार्यान्वयन गर्न सहमत भएका छन् ।

    “डिजिटल सामग्री महिला तथा केटीविरुद्धको दुव्र्यवहारको हानिकारक रूप भएकाले पीडितहरूलाई गहिरो हानि पु¥याउने महान्यायाधिवक्ता मार्क ड्रेफसद्वारा जारी अर्को छुट्टै एक विज्ञप्तिमा जनाउनुभयो ।  


    तेस्रो आँखा