• ट्रेण्डिङ्ग :
तीव्र विकास र उच्च आर्थिक वृद्धिकालागि सूचना प्रविधिको धेरै उपयोग गर्नुपर्छ : सञ्चारमन्त्री रेखा शर्मा

तीव्र विकास र उच्च आर्थिक वृद्धिकालागि सूचना प्रविधिको धेरै उपयोग गर्नुपर्छ : सञ्चारमन्त्री रेखा शर्मा


  • 3.5K
    SHARES
    • बैशाख २०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.3K Views

    तीव्र विकास र उच्च आर्थिक वृद्धिकालागि सूचना प्रविधिको धेरै उपयोग गर्नुपर्छ : सञ्चारमन्त्री रेखा शर्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तीव्र विकास र उच्च आर्थिक वृद्धिकालागि सूचना प्रविधिको धेरै उपयोग गर्नु पर्ने बताएकी छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सन्दर्भमा आज दिनुभएको शुभकामना सन्देशमार्फत सञ्चारमन्त्री शर्माले तीव्र विकास र उच्च आर्थिक वृद्धिका लागि धेरै भन्दा धेरै सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने उद्देश्यसहित सरकारले डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई कार्यान्वयनमा ल्याएको बताइन् । सो फ्रेमवर्कमा आवश्यक परिमार्जन समेत गरेर डिजिटल रूपान्तरणमा वर्तमान सरकारले जोड दिएको उनको भनाइ छ । 

    images

    ‘सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको छ । राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन् । आजको दिनमा विभिन्न सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको छ । दैनिक जीवनमा प्रयोग हुने आधारभूत सेवादेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका कार्यहरूमा विद्युतीय प्रणालीको उपयोग बढेको छ,’ मन्त्री शर्माले भनेकी छन्, ‘डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीव्र र प्रभावकारी बनाउन सरकारले आधारभूत डिजिटल पूर्वाधारको रूपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको छ ।’


    तेस्रो आँखा