बुटवल । अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयहरूलाई २ दिन बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरु बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।
तातो हावा चल्न थालेकोले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकाले वैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालद्वारा जारी सूचनामा उल्लेख छ । तर कक्षा १२ को परीक्षा भने यथावत् रहने सूचनामा उल्लेख छ ।
