• ट्रेण्डिङ्ग :
भारतको कारखानामा विस्फोट हुँदा दुईको मृत्यु

भारतको कारखानामा विस्फोट हुँदा दुईको मृत्यु


  • 2.7K
    SHARES
    • बैशाख २०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.2K Views

    भारतको कारखानामा विस्फोट हुँदा दुईको मृत्यु

    उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको छ । प्रहरीका अनुसार पञ्जाबको लुधियाना जिल्लाको जस्पल बाङ्गर गाउँको औद्योगिक क्षेत्रमा रहेको कारखानाभित्र बुधबार राति विस्फोट भएको हो । रबर उत्पादन केन्द्रमा विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको बताउदै एकजना प्रहरी अधिकारीले पीडितको शव पोस्टमॉर्टम प्रक्रियाका लागि अस्पतालमा पठाइएको र पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण गरिने बताएका छन् । प्रहरीले विस्फोटको उचित अनुसन्धानको लागि आदेश जारी गरी सक्रियता बढाएको जनाएको छ ।  

    images


    तेस्रो आँखा