काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । बैठकमा इलाम २ मा भएको उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा बारे छलफल हुने बताइएको छ । यसैगरि समसामयिक राजनीतिक घटनाक्रम विषयमा पनि छलफल हुने सो पार्टीको सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकसहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ । बैठक पार्टीको कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साँझ ६.३० बजेसम्म बस्ने जनाएको छ ।
