• ट्रेण्डिङ्ग :
हाडबासका आगलागी पीडित भन्छन्, हामीलाई अस्थाई टहरा बनाई दिनुस्

हाडबासका आगलागी पीडित भन्छन्, हामीलाई अस्थाई टहरा बनाई दिनुस्


  • 3.9K
    SHARES
    • बैशाख २१, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.0K Views

    हाडबासका आगलागी पीडित भन्छन्, हामीलाई अस्थाई टहरा बनाई दिनुस्

    अञ्जना चौधरी,दाङ २१ वैशाख/दाङको राजपुर गाउँपालिका वडा नं. ७ हाडबासमा आगलागी भएर २३ घर जलेर नष्ट भएको करिब एक हप्ता पुग्न थालेको छ । उक्त गाउँमा भएको २५ घर मध्ये आगलागीबाट २ वटा मात्रै घर बचेका छन् भने अन्य २३ वटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । घर पूर्णरुपमा जलेपछि त्यहाँका स्थानीयको दैनिकी झन पछि झन कष्टकर बन्दै गएको छ । 

    images

    विभिन्न सामाजिक संघसंस्थाहरुले खाद्यान्न लत्ता, कपडा त्रिपाललगायत दैनिक उपभोग्य सामान सहयोग गरे पनि पानी, विद्युत र बस्ने बासको व्यवस्था नहुँदा लागलागी पीडितको दैनिकी कष्टकर बन्दै गएको हो । शरीरमा लगाएको एक सरो कपडा बाहेक सबै थोक जलेर खरानी भएपछि उक्त गाउँका करिब दुई दर्जन बालबालिका विद्यालय जान समेत सकेका छैनन् । विद्यालयमा जानको लागि लगाउने कपडाहरु सबै जलेपछि छोराछोरी विद्यालय जान नसकेको स्थानीय गिता कवरले बताइन् । शरीरमा लगाएको एक सरो कपडा बाहेक सबै जलेपछि रातीको समयमा खुला आकाशमुनी ससाना बालबालिकाहरु जाडोले सुत्न नसक्ने, दिउँसोमा घामले बस्न नसक्ने अवस्था रहेको उनले बताइन् । राहतमा चामल, दाल पाए पनि अत्यधिक हावा चल्ने भएकाले पकाएर खान समेत समस्या भएको कवरले बताइन् । यसरी खुला आकाशमुनी बस्दा किरा फट्याङग्रालगायत जंगली जनावरको समेत त्रासमा बस्नु परेको उनको भनाइ छ । बाहिर यसरी बस्ने बेला डर लाग्न, नत घर बच्यो, नत विद्युत नै छ, डर मानेर पनि के गर्नु घर भएको घरमा गएर बस्थ्यौं घर छैन बाहिरै बस्छौ उनले भनिन् ।

    सोही ठाउँका खिमलाल खत्रीले पनि छिमेकीको घरमा लागेको आगो मार्न गएका उनको घरमा पनि एक्कसी आगो टिपेपछि केही सामान बचाउन सनेनन् । हावासँगै फैलिएको आगोले छिमेकीको घरबाट आफ्नो घरमा पुग्न समेत उनलाई निकै समस्या भयो । खुट्टा भाच्चिएर विस्तारामा लडेकी श्रीमती र आगो लागेको देखेर बेहोस भइ ढलेको बुहारीलाई जेनतेन घिसार्दै बाहिर निकालेका उनी त्यस बाहेक छोरालाई विदेश पठाउन ऋण खोजेर ल्याएको नगद पाँच लाख पैसा र तिन तोला बढी गरगहनासहित सबै आगोमा जलेको हेर्नु बाहेक कुनै उपाय लागेन खिमलालको । घर भित्र लडेका श्रीमती र बुहारी बचाउन बाहेक मैले मेरो घरको केही सामान बचाउन सकिन, अहिले खुला आकाशमुनी त्रिमाल टाँगेर रात बिताउँदै छौ पानी पर्यो भने हाम्रो अवस्था के होला, कहाँ गएर बस्ने के खाने चिन्ता छ उनले भने । आगलागीका कारण धुँवा, धुलोका कारण वातावरण प्रदुषणका कारण लागलागी पीडितहरुमा आँखा, रातो हुने, आँखा चिलाउने समस्या देखिन थालेको बताए । सरकार लगायत विभिन्न सामाजिक संघसंस्थाहरुले सानो भए पनि ओत लाग्ने झपडी बनाउन सहयोग गरिदिए आभारी हुने थियौं उनले भने ।  

    सोही ठाउँकी सबिना घर्तीले पनि बर्खा मासको समय आउँदै गर्दा आफुहरुलाई परेको विपद्ले गर्दा घर बनाउने चिन्ताले पिरोली रहेको बताइन् । छिमेकीको घरबाट आफ्नो घरमा आगो सल्किदा केही सामान बाहिर फाल्दा समेत बचाउन नसकेको उनी बताउँछिन् । रातको समयमा आगलागी भएको भए हामी कोही बाँच्ने थिएनौ, बिहानको समयमा आगलागी भएका कारण अन्नपात लत्ता कपडा जोगाउन नसकेपछि शरिर जोगाउन सफल भयौं उनले भनिन् । अहिले सबैबाट सहयोग पाईरहेको हुँदा खानाको भन्दा पनि अहिले बासको समस्या रहेको उनले बताइन् । त्रिपाल टाँगेर बस्दा दिउँसो घामले बस्न समस्या हुने गरेको उनले बताइन् । हावा पनि धेरै लाग्छ, बिहान बेलुका खाना बनाएर खान समेत समस्या रहेको उनको भनाइ छ । तत्कालै बर्खाको समय सुरु हुने भएकाले स्थानीय तहको सरकार सहित सबैले सहयोग गरेर सानो घर बनाउने व्यवस्था गरिदिए हुने थियो, आगोबाट जोगिएका हामी बर्खामा घाम पानीबाट कसरी जोगिहने भन्ने चिन्ता छ सबैले सहयोग गरिदिनुस् उनले भनिन् ।  

    439d39b1-cce1-4873-b4e5-55d92234401c.jpg

    dd4db67a-cdec-49d2-a775-784e3246fc45.jpg
    undefined
    1ea9cc7b-1aa3-4725-9903-e62d0568a171.jpg
    undefined
    5b901d52-0e62-46a0-9e55-362c6ab82964.jpg
    undefined


    तेस्रो आँखा