काठमाडौं, २० माघ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दे अनेरास्ववियुले बिहिबार मार्च पास गरेको छ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले निवार्चनको मिति घोषणाको माग गर्दै निर्वाचन आयोगदेखी बालुवाटार सम्मको मार्च पास गरेको हो।
मार्च पासलाई सम्बोधन गर्दे अनेरास्ववियु अध्यक्ष सुनिता बरालले स्थानीय तहको निर्वाचनको मिति समयमै तोक्न सरकारसँग आग्रह गरेकी छन्।





