• ट्रेण्डिङ्ग :
कोशी प्रदेश मन्त्रिपरिषद् बैठकः दोस्रो आवधिक योजना अवधारणापत्र स्वीकृत

कोशी प्रदेश मन्त्रिपरिषद् बैठकः दोस्रो आवधिक योजना अवधारणापत्र स्वीकृत


  • 4.3K
    SHARES
    • बैशाख २१, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.6K Views

    कोशी प्रदेश मन्त्रिपरिषद् बैठकः दोस्रो आवधिक योजना अवधारणापत्र स्वीकृत

    मोरङ, २१ वैशाख । कोशी प्रदेश मन्त्रिपरिषद्को वैठकले प्रदेशको दोस्रो आवधिक योजना अवधारणपत्र स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको वैठकले मुख्यमन्त्री कार्यालयबाट प्रस्तावित उक्त प्रस्ताव स्वीकृत गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिनुभयो ।

    images

     यसैगरी, बैठकले इलाम, ताप्लेजुङ, सोलुखुम्बु, तेह्रथुम, खोटाङ र भोजपुर जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

     यस्तै, प्रहरी चौकी भवनको मर्मतसम्भार गर्ने निर्णय स्वीकृत गरिएको छभने भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फोहोरमैला रणनीति साझेदारी कार्यविधि २०८० स्वीकृत भएको छ । उदयपुर जिल्लाको कटारी अस्पताललाई ५० शय्याको प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति गर्ने प्रस्तावलाई स्वीकृत गरिएका छभने पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट आर्थिक वर्ष २०७९÷८० मा भुक्तानी छुट भएका तीनवटा योजनाको रकम भुक्तानी दिने निर्णय गरेको प्रवक्ता मन्त्री राईले बताउनुभयो ।


    तेस्रो आँखा