• ट्रेण्डिङ्ग :
वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य


  • 3.1K
    SHARES
    • बैशाख २२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.8K Views

    वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य

    काठमाडौँ, २२ वैशाख । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम खेलमा नेपाललाई जितका लागि एक सय ७३ रनको लक्ष्य दिएको छ ।  

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७२ रन बनायो । वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथानाजेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २९ बल खेल्ने क्रममा एक चौका र तीन छक्का प्रहार गरे । 

    यस्तै रोस्टन चेसले ३३ रन बनाए । उनले २१ बल खेल्ने क्रममा पाँच चौका हाने । जोनसन चाल्र्सले २४, म्याथ्यु फर्डले २३, कदीम एलियनले ११ र मार्क दयालले ११ रन बनाए । 

    बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले तीन तीन तथा अभिनाश बोहराले एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । 


    तेस्रो आँखा