• ट्रेण्डिङ्ग :
राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना

राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना


  • 3.5K
    SHARES
    • बैशाख २२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.3K Views

    राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना

    काठमाडौँ, २२ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिनुभएको छ ।

    images

     बेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

     नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दै छ । टी-२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन् । नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको सुरुवात गर्नेछ ।


    तेस्रो आँखा