• ट्रेण्डिङ्ग :
सुर्खेत मालपोत कार्यालयमा आगलागी

सुर्खेत मालपोत कार्यालयमा आगलागी


  • 3.4K
    SHARES
    • बैशाख २२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.2K Views

    सुर्खेत मालपोत कार्यालयमा आगलागी

    काँक्रेविहार (सुर्खेत), २२ वैशाख । सुर्खेतको मालपोत कार्यालयमा आगलागी भएको छ । वीरेन्द्रनगर–७, स्थित मालपोत कार्यालयको जिन्सी कोठा (स्टोर रुम) मा आगलागी भएको हो ।

    images

    आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टीलको २५ कुर्सी, दुई वटा स्टीलको दराज, एउटा जेनरेटर, पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो । एक्कासी आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । आगो कसरी लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 


    तेस्रो आँखा