डडेलधुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । चालक धादिङको गजुरी गाउँपालिका-७ का ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको हो ।
बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको बागमती प्रदेश ०१-००१ क ९६५१ नम्बरको ट्याक्टर नवदुर्गा गाउँपालिका-४ सुरुडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका-४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
