तुलसीपुर/ तुलसीपुरमा ट्रकले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान पौने ११ बजेको समयमा तुलसीपुर ९ अटोभिलेजबाट बसपार्क तर्फ आउदै गरेको रा १क ५९६ न।को ट्रकले बेलुवा निवासी ईलेक्ट्रिक पसल गरी बस्ने बर्ष ३८ को सेफअलि खाँलाई आफ्नै पसल अगाडी उभिएको अवस्थामा ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर भाइते भएका खाँलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल ल्याएको समयमा मध्यान्न १२ बजेको चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मृतकको शव सोही अस्पतालको शव गृहमा राखिएको छ । ट्रक र चालक तुलसीपुर १३ बस्ने गंगाराम सुनारलाई इप्रका तुलसीपुरले नियन्त्रणमा लिएको छ ।
