• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छ — अध्यक्ष नेपाल

एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छ — अध्यक्ष नेपाल


  • 9.1K
    SHARES
    • माघ २०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छ — अध्यक्ष नेपाल

    काठमाडौं, २० माघ । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन् । 

    images

    उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमान्दार कम्यूनिष्ट समर्पित रहेकाले उनीहरुसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताएका हुन्। क्रान्तिकारी बाटोबाट विचलित भएको नेकपा (एमाले) परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको उनको भनाइ छ।

    अध्यक्ष नेपालले भने 'हामीसँग प्रतिगमनका विरुद्ध लडने गतिशिलता छ, नदीको प्रवाहलाई पछाडि धकेल्न कसैले सक्तैनन्।' पूर्वप्रधानमन्त्री नेपालले एमालेलगायत विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर चलेको उल्लेख गर्दै नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने बताए।  

    पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नवप्रवेशीलाई स्वागत गर्ने क्रममा स्थानीय तहमा जनताका प्रत्यक्ष सरोकारका समस्यालाई केन्द्रमा राखेर समाधान खोज्नसका साथै संगठन विस्तारमा क्रियाशील हुन आग्रह गरे। एमाले निकट मजदुर संगठनका केन्द्रीय सदस्य किशोर चाम्लिङ, राजु राईलगायत एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। 


    तेस्रो आँखा